- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपालको पहिलो बैंक नेपाल बैंक लि. हरेक हिसाबले उत्कृष्ट रहेको तथ्य सार्वजनिक भएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले नेपाल बैंकको सुक्ष्म अध्ययन गरी ‘ए’ स्तरको रेटिङ निर्धारण गरेको छ । बैंकको वित्तीय क्षमता, जनविश्वास समेतलाई आधार मानेर गरिएको विश्लेषणमा नेपालकै पहिलो बैंक अब्बल देखिएको हो ।
त्यस्तै, नेपाल बैंकले निष्काशन गर्न लागेको डिवेन्चरलाई इक्राले ‘एलए’ रेटिङ दिएको छ । एलए भनेको दीर्घकालिन रुपमा समेत उत्कृष्ट भन्ने अर्थ लाग्नेछ । बैंकले निष्काशन गर्न लागेको २५०० मिलियन रकमको डिवेन्चरले इक्राबाट एलए रेटिङ पाएको हो ।
कोरोना महामारीका बीचमा बैंकले ए रेटिङ पाउनु उत्कृष्ट भएको भन्ने अर्थ लाग्नेछ । सो क्रममा इक्राले बैंकको कर्जा जोखिम, व्यवसायिक तथा वित्तीय जोखिमहरुको विष्लेषण, व्यवस्थापकीय क्षमता, संचालन प्रभावकारिता, बैंकको प्रभावकारी संचालनमा प्रभाव पार्ने आन्तरिक तथा बाहय वातावरणीय तत्वहरुको विषलेशण, बजार हिस्सा, ब्राण्ड तथा ईमेज, स्वस्थ मुनाफाको आधार, नितिगत तथा कानूनी प्रभावहरुको मुल्याङ्कन, पूजी संरक्षण तथा सरकार बाट प्राप्त सहयोगलगायतको विषयमा सुक्ष्म विश्लेषण गरेको जनाएको छ ।
त्यस्तै, बैंकका नीति तथा स्थापना गरेका पूर्वाधारहरु, जोखिम बहन गर्न सक्ने क्षमता, सम्पत्तिहरुको गुणस्तर, पर्याप्त तरलता तथा पूजीकोष, आम्दानीका श्रोतहरु तथा तिनका स्थायित्व, निक्षेपको मिश्रण, कर्जा तथा निक्षेपको अनुपात, पारदर्शिता एबं समग्र बैंकको मूल्याङ्कनको आधारमा रेटिङ ए दिइएको इक्राले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्