×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विटक्वाइनको काराबोर केही बाणिज्य बैंकबाट गर्न सकिने, हेर्नुहोस् कुन कुन बैंक ?

LAXMI SUNRISE BANK

विटक्वाइनको काराबोर केही बाणिज्य बैंकबाट गर्न सकिने, हेर्नुहोस् कुन कुन बैंक ?

१४ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालमा अबैध मानिएको विटक्वाइनको काराबोर केही बाणिज्य बैंकबाट गर्न सकिने भएको छ । यद्यपि ती बैंकहरुले आफूहरुको बैंकबाट विटक्वाइनको कारोबार नहुने बताएका छन् ।
लोकल विटक्वाइन्सडटकम नामक वेबसाइटमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नविल बैंक र सिटिजन्स बैंकबाट विटक्वाइनको कारोबार गर्न सकिने उल्लेख गरिएको छ । भर्चुअल मनीको रुपमा रहेको विटक्वाइन नेपालमा कारोबार गर्न पाइदैन । 
सो वेबसाइटमा विभिन्न व्यक्तिले नेपालका ती बैंकमा रकम जम्मा गरेर विटक्वाइनको कारोबार गरेको उल्लेख गरिएको छ । यस्तै, युटिलिटी पेमेन्टको कार्य गर्दै आएको इसेवामार्फत पनि रकम भुक्तानी गर्न सकिने जानकारी गराइएको छ ।
तर, नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नविल बैंकबाट विटक्वाइनको कारोबार नभएको र हुनै नसक्ने बताए । वेबसाइटमा एउटै विटक्वाइन ८ लाख रुपैयाँदेखि १२ लाख रुपैयाँसम्ममा कारोबार भएको उल्लेख गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी