Skip to content
LAXMI SUNRISE BANK

पाकिस्तानमा लकडाउन २ हप्ता लम्ब्याइयो, नेपालले पनि आज निर्णय गर्दै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – पाकिस्तान सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको लकडाउन लम्बाउने निर्णय गरेको छ । लकडाउन १५ दिन बढाएर मे ९ सम्म जारी रहने पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । पछिल्लो समय कोरोना भाइरसका संक्रमित तथा मृत्यु हुनेको संख्या निरन्तर बढेसँगै पाकिस्तानले लकडाउन बढाउने निर्णय गरेको हो । 
पाकिस्तानमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १२ हजार ७२३ पुगेका छन् भने मृतक संख्या २ सय ६९ रहेको छ । यता नेपालमा पनि लकडाउन बारेमा आज २ बजे मन्त्रीपरिषद बैठक बस्दैछ । नेपालमा हाल ४९ जना कोरोना संक्रमित छन् जसमा १२ जना निको भइसकेका छन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK