×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदुरपश्चिम प्रदेशमा ६ जनाको पीसीआर नतिजा नेगेटिभ, ४ जनाको नतिजा आउन बाँकी

LAXMI SUNRISE BANK

सुदुरपश्चिम प्रदेशमा ६ जनाको पीसीआर नतिजा नेगेटिभ, ४ जनाको नतिजा आउन बाँकी

१४ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । सुदुरपश्चिम प्रदेशमा आरडीटी परिक्षणबाट पोजेटिभ देखिएका १० जनाको नमूनाको पीसीआर परीक्षण गर्दा ६ को रिपोर्ट नेगेटिभ आएको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रबाट संकलन गरिएको आरडीटी परीक्षण गर्दा १० जनामा कोभिड–१९ को पोजिटिभ देखाएको थियो जसमध्ये पीसीआरबाट ६ जनाको नतिजा नेगेटिभ आएको छ र ४ जनाको रिजल्ट आउन बाँकी रहेको छ ।
सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालय डोटीले कोभिड–१९ को मिडिया ब्रिफिङ्गमा सो कुरा बताएको हो । हालसम्म प्रदेशमा आरडीटी बाट १११७२ जनामा परिक्षण गरिएको मध्य १११६२ जनामा नेगेटिभ रिपोर्ट आएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले रातोपाटीलाई जानकारी दिए ।
१० पोजिटिभ रिपोर्ट मध्य पिसिआर वाट भने ६ मा नेगेटिभ आइसकेको र अन्यको रिपार्ट आउन वाकी रहहेको उनले बताए । आरडीटी परिक्षणबाट गएको २४ घण्टामा ९६८ आरडीटी परिक्षण गरेको र सबैको नेगेटिभ रिपोर्ट आएको उनले बताए । अझै प्रदेशमा २२९६ आरडिटी कीट स्टक रहेको जनाइएको छ । हालसम्म पीसीआरका लागि बाट २७३८ जनाको स्वाब नमुना संकलन गरेको र २७१९ जनामा जाँच गरेको उनले बताए ।
यसमध्ये हालसम्म २७१४ जनाको रिपोट नेगटिभ आएको छ भने ५ जनाको पोजिटिभ भेटिएको छ । पोजिटिभ ५ जना मध्ये ४ जना निको भएर घर फर्किसकेका न् भने एक जना को सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिए । धनगढीमा स्थापना गरिएको पीसीआर मेसिनबाट ४३२ वटा स्वाब नमुनाको परीक्षण गरिएको उनले बताए ।
१३८२ जना क्वारेन्टाईनमा बसेका मध्ये १२१५ जना पुरुष र १६७ जना महिला रहेको जनाइएको छ । आइसोलेसनमा ७ जना रहेको र १०६ जना उपचारपछि घर गइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी