×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साञ्जेन जलविद्युतमा सुरुङमार्गको काम सकियो, पेनस्टक पाइप जडानको काम सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

साञ्जेन जलविद्युतमा सुरुङमार्गको काम सकियो, पेनस्टक पाइप जडानको काम सुरु

Artha Sarokar

१४ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साञ्जेन जलविद्युत आयोजनामा सुरुङमार्गका सबै काम सकिएका छन् । आयोजनाले अब पेनस्टक पाइप जडानको काम सुरु गर्ने भएको छ । आयोजनाको कुल हेड १०५० मिटर रहेको छ । त्यो मध्ये करिब ५०० मिटर इन्क्लाइन्ड भर्टिकल सुरुङ रहेको थियो ।  हिजो मात्रै सबै सुरुङ खन्ने काम सकिएको छ । साञ्जेन जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले भने, लकडाउन सुरु भएपछि केहि समय रोकिएको आयोजनाको काम गृह मन्त्रालयले समन्वय गरेपछि विष्फोटका काम फेरि सुरु गरेका थियौं ।
आयोजनास्थलमा सामान लिन गृहले स्वीकृति दिएपछि लकडाउनकै बीचमा पनि केही सामान आयोजनास्थलमा ल्याएको श्रेष्ठले बताए । पेनस्टक पाइप आयोजना स्थलमा ल्याइसकिएको छ । जडान गर्ने केही उपकरणहरु ल्याउन पहल भइरहेको छ। अब छिट्टै पेनस्टक पाइप जडानको काम सुरु गर्छौ उनले भने ।
४२.५ मेगावाटको आयोजनाको करिब ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । जनताको जलविद्युत आयोजनामा समावेश उक्त आयोजनाले चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो । लकडाउनका कारण पूर्ण क्षमतामा काम गर्न नपाएपछि आयोजनाको निर्माणमा ढिलाई भइरहेको छ । साञ्जेन जलविद्युत कम्पनीलेनै प्रवर्द्धन गरेको १४.२ मेगावाटको माथिल्लो साञ्जेन आयोजनाको काम भने ९२ प्रतिशत भन्दा बढी सम्पन्न भएको छ । 
दुवै आयोजनामा सुरुङमार्ग छेड्ने काम सकिएको छ। पेनस्टक पाइप जडान गरेसँगै सिभिलतर्फको काम लगभग सकिने श्रेष्ठले बताए । लकडाउन अघिको जसरी सहज रुपमा सामान ढुवानी गर्न नसकेपनि गृहले समन्वय गरेपछि सामान ल्याउन भने नरोकिएको उनले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी