×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना भाइरसले आक्रान्त बनेको अमेरिकाको पछिल्लो अवस्था के छ ?

LAXMI SUNRISE BANK

कोरोना भाइरसले आक्रान्त बनेको अमेरिकाको पछिल्लो अवस्था के छ ?

१४ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ हजार नाघेको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा अमेरिकामा ३ हजार अमेरिकी नागरिकको मृत्यु भएको हो ।
अमेरिकामा फेब्रुअरी ६ मा कोरोना भाइरसका कारण पहिलो व्यक्तिको मृत्यु भएको थियो । पछिल्लो केही हप्तादेखि दैनिक दुई हजारको हाराहारीमा मानिसको ज्यान जाने गरेको छ । सबैभन्दा बढी प्रभावित न्यूयोर्क बनेको छ । अहिलेसम्म अमेरिकामा ९ लाख ६० हजार बढी कोरोना संक्रमित भइसकेका छन । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा मृत्यु हुनेको संख्या २६ हजार नाघेको छ भने स्पेनमा २३ हजार नजिक रहेको छ । फ्रान्समा पनि मृत्यु हुनेको संख्या २३ हजार नजिक छ । बेलायतमा अहिले सम्म २० हजार बढीको ज्यान गैसकेको छ । विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ३ हजार नजिक रहेको छ । यस्तै संक्रमण हुनेको संख्या पनि साढे २९ लाख नाघेको छ । अहिलेसम्म विश्वभर २९ लाख २१ हजार ४३९ जना कोरोनाबाट संक्रमित भएका छन् । 
सङ्क्रमितमध्ये ८ लख ३६ हजार ९७८ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले १८ लख ८१ हजार १७२ मा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये १० लाख ४० हजार २६७ जनाको अवस्था भने गम्भीर रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी