×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश १ मा ३० जना कोरोना सङ्क्रमित, कति छन् क्वारेन्टाइनमा ?

LAXMI SUNRISE BANK

प्रदेश १ मा ३० जना कोरोना सङ्क्रमित, कति छन् क्वारेन्टाइनमा ?

१४ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
मोरङ्ग । हालसम्म प्रदेश नं. १ मा कोरोना (कोभिड–१९) बाट ३० जना सङ्क्रमित देखिएका छन् । प्रदेशमा शनिबारसम्म ५ हजार २१२ जनाको कोभिड–१९ को परीक्षणबाट ३० जना सङ्क्रमित फेला परेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको सूचना डेस्कले जनाएको छ । 
प्रदेशमा द्रूत परीक्षण विधि (आरडीटी) बाट ४ हजार २९८ जना तथा थ्रोट स्वाब पिसीआरबाट ९१४ जनाको कोरोना (कोभिड–१९) को परीक्षण गरिएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या शनिबारसम्म १ हजार २०४ छ भने भने स्वास्थ्यकर्मीहरुका निगरानीमा ३१ जना आइसोलेसनमा रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी