×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना कहर : भारतमा पछिल्लो २४ घण्टामा ४९ जनाको मृत्यु, २६ हजार चार सय ९६ जना संक्रमित

LAXMI SUNRISE BANK

कोरोना कहर : भारतमा पछिल्लो २४ घण्टामा ४९ जनाको मृत्यु, २६ हजार चार सय ९६ जना संक्रमित

१४ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – भारतमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ४९ मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोनका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या आठ सय २४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई हजार दुई सय नयाँ संक्रमित थपिएसंगै संक्रमित हुनेको संख्या पनि २६ हजार चार सय ९६ पुगेको छ ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण तीन सय २३ जना मानिसको मृत्यु भइसकेको छ । त्यस राज्यमा सात हजार ६ सय २८ जना संक्रमित पुगेका छन् । त्यस्तै गुजरातमा अहिलेसम्म एक सय ३३ जनाको मृत्यु भइसकेको छ । मध्यप्रदेशमा पनि ९९ जनाको मृत्यु भएको छ ।
भारतको उत्तर प्रदेशमा अहिलेसम्म एक हजार सात सय ९३ जनामा यो भाइरसको संक्रमण देखिँदा २७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै बिहारमा दुई सय ४३ जनामा यो भाइरसको संक्रमण देखिएको छ भने दुई जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा पाँच हजार आठ सय चार जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी