×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्रम्पले किन बन्द गरे ह्वाइट हाउसमा दैनिक आयोजना हुने ‘प्रेस ब्रिफिङ’ ?

LAXMI SUNRISE BANK

ट्रम्पले किन बन्द गरे ह्वाइट हाउसमा दैनिक आयोजना हुने ‘प्रेस ब्रिफिङ’ ?

१४ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा कोरोनाभाइरसको विषयमा हुने दैनिक पत्रकार सम्मेलनलाई बन्द गरेका छन् । ट्रम्पलाई उनको सल्लाहकारले दैनिक रुपमा पत्रकार सम्मेलन आयोजना गर्दा उनको चुनावी अभियानमाथि झट्का लाग्न सक्ने सल्लाह दिएको अनुमान गरिएको छ । वास्तवमा, ट्रम्प दैनिक आयोजना हुने पत्रकार सम्मेलनमा पत्रकारमाथि निरन्तर भड्किरहेको देखिन्छन् जसका लागि उनको निकै आलोचनासमेत हुने गर्छ ।
ट्रम्पले आफैंले पनि पत्रकार सम्मेलनको कुनै अर्थ नभएको बताएका छन् । पछिल्ला केही हप्तामा ट्रम्पले आफ्नो पत्रकार सम्मेलनमा कोभिड–१९ संक्रमणलाई निको पार्नका लागि प्रमाणित नभएका र गलत स्वास्थ्य सल्लाह दिएका छन् । उनले कोरोनाको उपचारको रुपमा घाम र मलेरियाको औषधी प्रयोग गर्नेलगायतका सल्लाह दिँदै आएका छन् । उनका यस्तो बयानमाथि उनकै विशेषज्ञको समूहले स्पष्टिकरण दिनुपरेको छ ।
तर शुक्रबार ट्रम्पले पत्रकार सम्मेलनमा कुनै पनि प्रश्नको जवाफ नदिएर सबैलाई चकित पारिदिएका छन् । उनी २२ मिनेटको बन्द कोठामा आयोजित छलफलपछि बाहिर निस्किए । कतिले उनको यस्तो कदमलाई बिहिबार आफूले दिएको विवादास्पद बयानलाई अघि बढाउन नचाहेका कारण ट्रम्पले गरेको अनुमान गरेका छन् ।
उनले डिस्इन्फेक्टेन्टस्को प्रयोग कोभिड–१९ को उपचारका लागि गर्न सकिने बताएका थिए । उनको यो बयानको अत्यधिक आलोचना भयो र स्वास्थ्य विशेषज्ञले यसलाई खारेज गर्दै विनाशकारी नतिजा निस्कने भन्दै चेतावनी जारी गरे । पछि ट्रम्पले सो कुरा आफूले ठट्टाको रुपमा गरेको भन्दै स्पष्टिकरणसमेत दिए ।
ट्रम्पले यसबारे ट्वीटरमा लेखेका छन्, ‘ह्वाइट हाउसको पत्रकार सम्मेलनको उद्देश्य के नै रहन्छ जब पक्षपाती मिडियाले शत्रुतापूर्ण प्रश्नबाहेक अरु केही पनि सोध्दैनन् र केही कुरालाई तथ्यसहित रिपोर्ट गर्दैनन् । उनीहरुले यसमार्फत् रेटिङ पाउँछन् र अमेरिकी जनताले झुटो समाचारबाहेक केही पाउँदैनन् । यसलाई समय दिनु र प्रयास गर्नु बेकार हो । ’
पत्रकार सम्मेलनमार्फत् टास्क फोर्सले देशभरी कोरोनाको विषयमा अपडेट्स दिन्छन् तर यो विषयमा अब सारा ध्यान ट्रम्पको यो बयानमाथि केन्द्रीत भएको छ । -बीबीसी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी