×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘ट्वीट’मा ईरानको यस्तो चेतावनी…

LAXMI SUNRISE BANK

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘ट्वीट’मा ईरानको यस्तो चेतावनी…

१२ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ईरानका रिभेल्युशनरी गार्डका कमान्डरले बिहीवार आफ्नो सुरक्षा बलले अमेरिकी नौसेनालाई निशाना बनाउन आदेश दिएको बताएका छन् । ईरानको तर्फबाट यो धम्की बिहीवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा ईरानी जहाजको बारेमा गरेको ट्वीट पछि दिइएको थियो । तर दुबै देशकोबीचमा कोरोना भाइरसको महामारीका कारण अस्थायी रुपमा मात्र तनाव सिर्जना भएको देख्न सकिन्छ ।
ईरानका मेजर जनरल कासिम सुलेमानीको हत्या पछि दुई देशकोबीचमा तनावको स्थिति सिर्जना हुँदै आएको छ । यसै वर्षको जनवरी महिनामा अमेरिकाले ड्रोन हमलाबाट कासिम सुलेमानीको हत्या गरेको थियो ।
यसै कारणले गर्दा ईरान अमेरिकासँग अत्याधिक आक्रामक बनिरहेको छ । ईरानले केहि महिनादेखि अमेरिकासँग भएको तनावमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएकोमा आपत्ति जनाउँदै आएको छ । 
जनरल हुस्यान सलामीले एक सरकारी च्यानलमा दिएको अन्तर्वार्तामा अमेरिकाले आक्रमण गरे कुनै पनि स्थितिमा ईरान त्यसको जवाफ फर्काउन तयार रहेको बताएका छन् ।

सलामीका अनुसार उनले समुन्द्रमा आफ्ना नौसेनाको समुहलाई अमेरिकी नौसेनाले कुनैपनि ईरानी वाणिज्यिक जहाज, युद्धपोत र नौसेनाको समुहलाई दुख दिन थाले अमेरिकी नौसेनालाई निशाना बनाउन आदेश दिएको बताएका छन् । यसबाट सहजै अनुमान लगाउन सकिन्छ कि, दुबै देशमा संकटको यो घडीमा पनि मतभेद देखिइरहेको छ । -एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी