Skip to content
LAXMI SUNRISE BANK

कोरोनाले भयावह बन्यो अमेरिका : एकैदिन २३ सय बढीको मृत्यु, मृतकको संख्या ५० हजार नाघ्यो

अर्थ सरोकार

थप एक जनामा कोरोना संक्रमणको पुष्टि, कुल संक्रमित संख्या ४८ पुग्यो !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अमेरिकामा पछिल्लो २४ घण्टामा २३ सय बढीको मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार एकैदिन २३ सय २२ जनाको मृत्यु भएपछि मृतकको संख्या ५० हजार २४३ पुगेको हो ।
साथै, अमेरिकामा एकैदिन ३१ हजार ४ सय १९ नयाँ संक्रमित थपिएका छन् । हालसम्म संक्रमितको संख्या ८ लाख ८६ हजार ७ सय ९ पुगेको छ भने ८५ हजार ९ सय २२ जना निको भइसकेका छन् । अमेरिकापछि सबैभन्दा बढी प्रभावित बनेको राष्ट्र हो इटाली । इटालीमा अहिलेसम्म ज्यान गुमानेको संख्या २५ हजार नाघेको छ  । यस्तै स्पेनमा २२ हजार नाघेको छ भने फ्रान्समा मृत्यु हुनेको संख्या २२ हजार नजिक छ । बेलायतमा ज्यान गुमाउनेको संख्या १९ हजार नजिक रहेको छ । कोरोनाको उद्गमस्थल अर्थात् चीनमा भने ४ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK