- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज साँझ मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । आजै संसदमा विश्वासको मत लिन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।
ओलीले विश्वासको मत नपाउने अंक गणित देखिएको बेला उनले बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । विश्वासको मत पाउने सम्भावना नदेखिपछि ओली स्वतः पदमुक्त हुनेछन् । त्यसपछि संसदको सबैभन्दा ठुलो दलको नेताका हिसावले पुनः प्रधानमन्त्रीको रुपमा सपथ खानेछन् ।