×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना रोकथाम कोषमा लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संंस्थाको पाँच लाख सहयोग

LAXMI SUNRISE BANK

कोरोना रोकथाम कोषमा लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संंस्थाको पाँच लाख सहयोग

११ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
पोखरा – पोखरा महानगरपालिकाले स्थापना गरेको कोरोना कोषमा लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संंस्थाले पाँच लाख सहयोग गरेको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई  संस्थाका अध्यक्ष विष्णु बरालसहितको टोलीले उक्त रकमको चेक हस्तान्तरण गरेको हो । 
महानगर प्रमुख जिसीले महानगरको अभियानमा सघाउन खानेपानी तथा सरसफाइ संस्थाले गरेको सहयोग सराहनीय रहेको बताए । संकटको अवस्थामा महानगरका सङ्घसंस्था एवं व्यक्तिहरुले पनि राहत सहयोग गरेर योगदान पु¥याइरहेको उनले बताए । 
संस्थाका अध्यक्ष बरालले महानगरको प्रयासमा सहभागिता जनाएर संस्थागत रूपमा सामाजिक उत्तरदायित्व बहन गरेको बताए । पोखरा महानगरपालिकाको राहत कोषमा बधुबारसम्म चार करोड दुई लाख ८७ हजार ८९९ जम्मा भएको छ । पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी