×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जर्मनीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच हजार नाघ्यो, कति पुगे संक्रमित ?

LAXMI SUNRISE BANK

जर्मनीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच हजार नाघ्यो, कति पुगे संक्रमित ?

११ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – जर्मनीमा मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ ।  बिहीबार दिइएको जानकारीअनुसार जर्मनीमा पछिल्लो २४ घण्टामा मात्र  दुई सय १५ जनाको मृत्यु भएको छ। यो समेतगरी जर्मनीमा मृत्यु हुनेको संख्या पाँच हजार ९४ पुगेको छ । 
त्यस्तै, जर्मनीमा अहिलेसम्म संक्रमित हुने मानिसको संख्या एक लाख ४८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र जर्मनीमा दुई हजार तीन सय ५२ जनामा कोरोना संक्रमण फेला परेको छ ।
यसैबीच जर्मन चान्सलर एन्जेला मर्केलले जर्मनीका मानिसहरुलाई सावधान तथा होसियार रहन आग्रह गरेकी छन् । उनले मानिसहरुलाई कोरोना भाइरसको आगामी चणको सामना गर्न तयार रहनुपर्ने बताएकी हुन् । उनले कोरोना भाइरसको महामारी अझै लामो समयसम्म रहन सक्ने उनको भनाइ छ ।
मर्केलले अहिले लगाइएको प्रतिबन्ध लोकतन्त्रका लागि चुनौती रहेको पनि बताएकी छन् । यसले मानिसको अधिकार सीमित गरेको भए पनि प्रेस स्वतन्त्रतालगायतका कुरा सहन पनि सहज भएको बताएकी छन् । उनले जर्मनीका मानिसहरुले एकअर्काप्रति देखाएको सद्भावको प्रशंसा गरिन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी