
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – बंगलादेश सरकारले लकडाउनलाई आगामी वैशाख २३ गतेसम्म लम्ब्याएको छ । कोरोना भाइरस संक्रमित संख्या बढ्दै गएपछि बंगलादेश लकडाउनलाई आगामी वैशाख २३ गतेसम्म लम्ब्याएको हो।
बंगलादेशका सामान्य प्रशासन राज्यमन्त्री फरहाद होसेनले बिहीबार नै यससम्बन्धी सूचना राजपत्रमा प्रकाशन गरिने बताए । कोरोना भाइरस महामारीको अवस्थामा सामाजिक दूरी सुनिश्चित गर्न सरकारले मार्च २६ देखि १० दिनका लागि सार्वजनिक विदा दिएको थियो । उक्त विदालाई क्रमशः विस्तार गर्दै अप्रिल २५ सम्म पु–याइएको थियो । बंगलादेश अर्को सातासम्ममा मानिसको आवातजावत, सार्वजनिक यातायातको बन्दाबन्दी तथा सबै व्यवसाय बन्द गरिएको एक महिना पुग्नेछ ।
करिब १७ करोड जनसंख्या रहेको बंगलादेशमा बुधबारसम्ममा कोरोना भाइरसका कारण १२० जनाको मृत्यु भएको छ भने तीन हजार ७७२ जना संक्रमित भएका छन् । कोरोना भाइरसले माहामारीको रुप लिएपछि अहिले धेरै जस्ता मुलुकहरु लकडाउनको अवस्थामा छन् ।
यता नेपालमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ । लकडाउनको अवधि सकिन केहि मात्र बाँकी छ । संक्रमितको संख्यालाई आधार मान्दा नेपाल सरकारले पनि लकडाउन अवधि थप्ने देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्