
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – भारतको पश्चिम बंगालको एक अस्पतालमा एकजना कोरोना संक्रमित आमाले स्वस्थ बच्च जन्माएकी छिन् । उनी कोरोनाको संक्रमण भएपछि अस्पतालमा उपचाररत रहेकै क्रममा जन्माएको शिशुमा कोरोना संक्रमण परीक्षण गरिएको थियो । तर शिशुको कोरोना रिपोर्ट नेगेटिभ आएको बताइएको छ । पश्चिम बंगालको उलुबेरिया भन्ने स्थानमा रहेको अस्पतालमा उनले शिशु जन्माएको बताइएको छ । शिशुलाइ आमाभन्दा छ फिट पर राखिएको जनाइएको छ । आमा र नवजात शिशुको उपचारका लागि उक्त अस्पतालले चिकित्सकहरुको विशेष टोली खटाएको जनाएको छ ।
समाचारमा जनाइएअनुसार ती आमाले जन्म दिने नवजात शिशुमा पनि कोरोनाको संक्रमण हुने हो कि भन्ने ठूलो त्रासमा अस्पतालका चिकित्सक र स्टाफ नर्सहरु रहेका छन् । तर पनि सोमबार बिहान बच्चा जन्मिएपछि उनको परीक्षणबाट ती शिशु संक्रमित नरहेको समाचारले भने अस्पतालमा खुशी दिलाएको बताइएको छ । नवजात शिशु २.५ किलोग्राम वजनको र स्वास्थ्य अवस्थामा रहेको सो अस्पतालले जनाएको छ । आमा छोराको उपचार र हेरचाहका लागि अस्पतालका केही कर्मचारी खटाइएको छ । शिशु र आमालाई उनको बुबाले भिडियो कन्फ्रन्सिङमार्फत हेर्ने व्यवस्था मिलाइएको थियो । सुत्केरीका आफन्तहरुलाई भने अस्पताल आउन दिइएको छैन । भारतमा बिहीबारसम्म २१ हजार बढी संक्रमित भएका छन् भने ,६८१ जनाको मृत्यु भइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्