
- अर्थ सरोकार सम्बाददाता
मकवानपुर – लकडाउनका कारण काठमाडौँमा अलपत्र परेका मकवानपुर जिल्लाका नागरिकलाई ल्याउन आज १३ वटा यात्रुवाहक बस काठमाडौं तर्फ आएका छन् । उक्त बसहरु हेटौंडाबाट काठमाडौँतर्फ हिडिसकेका छन् । मकवानपुर घर भएका करिब १ महिना लामो लकडाउनले गर्दा काठमाडौँमा समस्यामा परेका मानिसहरुलाई ल्याउन बसहरु पठाईएको हो ।
बागमती गाउँपालिकाले इन्धन खर्च बेहोर्ने गरी १० वटा बस काठमाडौंतर्फ पठाईएको गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिए । यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ बाट पनि ३ वटा यात्रुबाहक बस काठमाडौं आएका छन् । करिब ४ सय जना लिएर उक्त बसहरु आजै बेलुका मकवानपुर पुग्ने बताइएको छ ।
उद्दार गरी ल्याईएका सबैको स्वास्थ्य परीक्षण पछि मात्रै होम क्वारेन्टाईनमा पठाउने व्यवस्था गरिएको बताईएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्