×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाविरुद्ध लड्न भारतले नेपाललाई दियो २३ टन औषधि

LAXMI SUNRISE BANK

कोरोनाविरुद्ध लड्न भारतले नेपाललाई दियो २३ टन औषधि

११ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता


काठमाडौँ – भारतले नेपाल सरकारलाई कोरोनासँग लड्न १८ प्रकारका औषधि उपलब्ध गराएको छ । भारतले उपलब्ध गराएको २३ टन औषधिमा इन्जेक्सन, डेस्ट्रोज र हाइड्रोक्सिक्लोरोक्विनलगायत छन् । 
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल उक्त औषधि हस्तान्तरण गरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री ढकालले कोरोनाविरुद्ध विश्व नै लडिरहेका बेला छिमेकीले गरेको सहयोगप्रति आभार व्यक्त गरे । 
मन्त्री ढकालले भने “सङ्क्रमण र जोखिमका हिसाबले नेपालभन्दा भारत अप्ठेरो लडाइँमा रहेको छ । आफूलाई परेको अप्ठेरोका बाबजुत भारतका तर्फबाट नेपालप्रति जे सद्भाव र सदिच्छा राखिएको छ, त्यसप्रति धन्यवाद दिन चाहन्छु ।” कोरोना रोकथाम र नियन्त्रणका लागि स्थापना गरिएको दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कोषमा नेपालबाट गरिएको योगदानको प्रशंसा गर्दै उनले कोभिड–१९ विरुद्धको लडाइमा रहेको नेपाललाई पहिलो चरणमा यी औषधि उपलब्ध गराइएको बताए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी