×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना भाइरस अपडेट : यस्तो छ विश्वभरको पछिल्लो अवस्था…

LAXMI SUNRISE BANK

कोरोना भाइरस अपडेट : यस्तो छ विश्वभरको पछिल्लो अवस्था…

११ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहिबार बिहानसम्म मृत्यु हुनेको संख्या १ लाख ८४ हजार २३५ रहेको छ। 
यस्तै संक्रमण हुनेको संख्या पनि २६ लाख नाघेको छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसारअहिलेसम्म विश्वभर २६ लाख ३८ हजार २४ जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये ७ लाख २१ हजार ७३४ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले १७ लाख ३२ हजार ५५ मा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ९ लाख ५ हजार ९६९ जनाको अवस्था भने गम्भीर रहेको छ ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका, इटाली, स्पेन, फ्रान्स पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ४८ हजार नजिक छ । यस्तै इटालीमा मृत्यु हुनेको संख्या २५ हजार नाघेको छ भने स्पेनमा २२ हजार नजिक छ । फ्रान्समा मृत्यु हुनेको संख्या २१ हजार नाघेको छ भने बेलायतमा पनि १८ हजार नाघेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी