Skip to content
LAXMI SUNRISE BANK

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको सामाजिक कार्य : विपन्न परिवारलाई राहत सामग्री सहयोग

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल कपडा तथा सिलाई ब्यवसायी महासंघले काठमाडौ बागबजारमा बुधबार राहत सामग्री बितरण गरेको छ ।  कोरोना भाइरसको महामारीको कारण निरन्तर लकडाउन भएपछि ज्यालादारी मजदुर तथा श्रमिक बर्गको अवस्था नाजुक भइरहेको स्थितिमा काठमाडौं बागबजार लगायतका स्थानमा रहेका २१ घरपरिवार सिलाइकर्मी मजदुरहरुलाई खाद्यान्न राहत सामग्री बितरण गरिएको महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले बताए । 
राहत बितरण कार्यक्रममा महासंघ केन्द्रीय अध्यक्ष राम कृष्ण श्रेष्ठ , केन्द्रीय सदस्य द्वय खगेन्द्र जैरु र राज कार्की, बागमती प्रदेश सदस्य बिनोद छिनाल ,अखिल नेपाल सिलाइ मजदुर संगठन महासचिव भरत परियार, युवा ब्यवसायी द्वय नरेन्द्र श्रेष्ठ, कमल कार्की, मजदुर संगठन बागबजार इकाई सचिव खड्ग परियार लगायतको उपस्थिति रहेकोे थियो ।
महासंघले बिपन्न परिवारलाई १ बोरा चामल, १ लिटर तेल, १ केजी दाल , १ प्याकेट नुन रहेको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK