
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । केन्द्रीय कारागार त्रिपुरेश्वरका कैदीहरुको स्वास्थ्य परीक्षणमा खटिएका दुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएका उनीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।
ती नर्सलाई दुई पटक गरिएको र्यापिड टेस्टमा दुई पटक नै कोरोना पोजेटिभ देखिएपछि टेकु अस्पतालको आईसोलेनमा भर्ना गरिएको थियो । नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिमार्फत परीक्षण गर्दा दुवैको रिपोर्ट नेगेटिभ आएको टेकु अस्पताल स्रोतले जनाएको छ । रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई डिस्चार्जको तयारी गरिएको छ ।
नेपालमा अहिलेसम्म ४२ जनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । जसमा ५ जना निको भएर घर फर्किएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्