×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघ्यो, कति छन् संक्रमित ?

LAXMI SUNRISE BANK

कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघ्यो, कति छन् संक्रमित ?

९ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – विश्वभरमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । अहिलेसम्म कोरोन संक्रमणका कारण विश्वभरमा एक लाख ७० हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिलेसम्म एक लाख ७० हजार २ सय ६१ जनाको मृत्यु भएको छ । त्यस्तै २४ लाख ७५ हजार ८ सय ४१ जना संक्रमित भएका छन् ।
कोरोनाका कारण सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ। अमेरिकामा कोरोना लगेर ४२ हजार दुई सय ९५ जनाको मृत्यु भएको छ । साथै संक्रमितको संख्या सात लाख ८६ हजार तीन सय ३८ पुगेको छ ।
न्युयोर्कमा मात्र १८ हजार ६ सय ५३ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या दुई लाख ५३ हजार एक सय ९१ जना रहेको छ । इटालीमा २४ हजार एक सय १४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ८१ हजार २ सय २८ पुगेको छ ।
त्यस्तै स्पेनमा मृतक संख्या २० हजार ८ सय ८५ जनाको मृत्यु भएको छ र दुई लाख २ सय १० जना संक्रमित भएका छन् । फ्रान्समा २० हजार २ सय ९२ जनाको मृत्यु भएको छ भने १ लाख ५६ हजार ४ सय ८० जनामा संक्रमण भएको छ । बेलायतमा १६ हजार ५ सय ५० जनाको मृत्यु भएको छ भने एक लाख २५ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी