
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीका निकट नेता मानिने प्रदीप ज्ञवालीले समेत सरकारको सोमबारको निर्णयमाथि असहमति जनाएको खुलासा भएको छ ।ओली समूहकै नेताले प्रधानमन्त्रीको निर्णयलाई असान्दर्भिक बताउनुले गम्भीर खालको संकेत गरेको टिप्पणी हुन थालेको छ ।
नेकपाको उच्च स्रोतका अनुसार सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले ल्याएको दल त्यागसम्बन्धी ऐन संशोधनसम्बन्धी अध्यादेशमा मन्त्री ज्ञवाली, भुसाल र पुनले असान्दर्भिक भएको भन्दै असहमति जनाएका थिए ।
यता प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सकिएलगत्तै सरकारमा रहेका पूर्वमाओवादी खेमाका मन्त्रीहरुको बेग्लै बैठक बसेको छ । बैठकपछि अध्यक्ष प्रचण्डलाई भेट्न उर्जामन्त्री वर्षमान पुन खुमलटारतर्फ लागेका छन् भने अन्य मन्त्रीहरु पनि प्रचण्ड निवास पुगेका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा दलसम्बन्धी कानून संशोधनका लागि अध्यादेश ल्याइएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्