Skip to content
LAXMI SUNRISE BANK

प्रचण्डनिकट मन्त्रीको प्रस्ताव, ‘आजै सबैले राजिनामा दिउँ, कांग्रेसको समर्थनमा सरकारमा जाउँ’

अर्थ सरोकार

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सकिएलगत्तै सरकारमा रहेका पूर्वमाओवादी खेमाका मन्त्रीहरुको बेग्लै बैठक बसेको छ । बैठकपछि अध्यक्ष प्रचण्डलाई भेट्न उर्जामन्त्री वर्षमान पुन खुमलटारतर्फ लागेका छन् भने अन्य मन्त्रीहरु पनि प्रचण्ड निवास पुगेका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा दलसम्बन्धी कानून संशोधनका लागि अध्यादेश ल्याइएको थियो । 
कोरोना भाइरसका कारण देश नै संकटमा परेको बेला ओलीले पार्टी विभाजनको अध्यादेश एकाएक पारित गराएपछि तर्सिएका नेकपाका अर्का अध्यक्ष प्रचण्डले पूर्वमाओवादीका सबै मन्त्रीलाई ललितपुरको खुमलटारस्थित आफ्नो निवासमा बोलाएका छन् । 
आफूहरुसँग सल्लाह नै नगरी यस्तो अध्यादेश ल्याएपछि रुष्ट पूर्व माओवादीको तर्फबाट मन्त्रालयमा सहभागी मन्त्रीहरुको आजै सामूहिक राजीनामा आउनसक्ने संभावना समेत रहेको माओवादीस्थित उच्च स्रोतले जानकारी दिएको छ । यसैबीच प्रचण्डसँगको बैठकमा एक मन्त्रीले आजै सबैले राजिनामा दिउँ, ‘कांग्रेसको समर्थनमा सरकारमा जाउँ’ भन्ने प्रस्ताव राखेको पनि उच्च स्रोतको दाबी छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK