
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचार कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न निर्देशन दिएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले संकटको बेला खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब नकाट्ने निर्णय गरेको हो ।
सोही निर्णय बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सम्बन्धित निकायलाई तलब कट्टा नगर्न पत्राचार गरिसकेको छ । प्रहरी प्रधान कार्यालयले केही दिनअघि अधिकृत तहदेखि माथिका प्रहरीको तीन देखि सात दिनसम्मको तलब कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । उच्चस्तरीय समन्वय समितिलेनै नकाट्ने निर्णय गरेपछि अब सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब काटिने छैन ।
सरकारले गठन गरको कोषमा अन्य राष्ट्रसेवक कर्मचारीको तलबबाट भने ओहोदा अनुसार तीनदेखि ७ दिनसम्मको तलब कट्टा गरेको छ । कोरोनाविरुद्द लड्न सरकारले उक्त कोष स्थापना गरेको थियो । कोषमा रकम जम्मा हुने क्रम जारीनै छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्