×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट : विश्वभर १ लाख ६५ हजार बढीको मृत्यु, कति पुगे संक्रमित ?

LAXMI SUNRISE BANK

कोरोना अपडेट : विश्वभर १ लाख ६५ हजार बढीको मृत्यु, कति पुगे संक्रमित ?

८ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – विश्वभर कोरोना संक्रमितको संख्या दिन प्रति दिन बढ्दै गइरहेको छ । बिहान ७ः१५ बजेसम्मको अपडेट अनुसार संसारभरमा कोरोना भाइरस संक्रमितको संख्या २४ लाख ६ हजार ९ सय ५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ६५ हजार ५८ जनाको मृत्यु भइसकेको छ भने ६ लाख १७ हजार १३ जना निको भएका छन् ।
कोरोनाबाट सबैभन्दा संक्रमण विस्तार हुने देशमा अमेरिका अग्रस्थानमा छ । अमेरिकामा कोरोना संक्रमण्बाट ४० हजार ५ सय ५५ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ७ लाख ६३ हजार ८ सय ३६ रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १७ हजार ६ सय १५ पुगेको छ भने अहिलेसम्म ५५९ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ३१ जना संक्रमित भएका छन् भने ४ जना निको भइसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी