×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कोरोना बीमा’का लागि बिमा समितिले कम्पनीको क्षेत्राधिकार तोक्यो, हेर्नुहोस्, कुन जिल्लामा कुन कम्पनीले गरिदिन्छ बीमा…

PRIME CA

‘कोरोना बीमा’का लागि बिमा समितिले कम्पनीको क्षेत्राधिकार तोक्यो, हेर्नुहोस्, कुन जिल्लामा कुन कम्पनीले गरिदिन्छ बीमा…

७ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट


  • अर्थ सरोकार सम्बाददाता


काठमाडौं । कोरोना बीमा २० वटै निर्जीवन बीमा कम्पनीहरुबाट गर्न सकिने भएको छ । कोरोनाको बीमालेख बिमितहरुले आइएमई पेमार्फत घरमै बसेर खरीद गर्न सक्नेछन् । आज बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले कोरोना भाइरस (कोभिड–१९) रोग सम्बन्धी पहिलो बीमालेख खरिद गरी औपचारीक सुरुवात गरेका हुन् । यस्तै समितिले यस बीमा योजनालाई प्रभावकारी बनाउन जिल्ला तोकिदिएको छ । समितिले निर्जिवन बीमा कम्पनीहरुलाई जिल्ला तोकेर कोरोना भाइरस बीमा गर्न निर्देशन दिएको हो ।
  • नेपाल इन्स्यारेन्स- कम्पनीले दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरराष्ट्रिय बीमा कम्पनी- बझाङ, डोटी र कैलाली
  • युनाइटेड इन्स्योरेन्स कम्पनी- हुम्ला, बाजुरा र अछाम
  • एभरेष्ट इन्स्योरेन्स कम्पनी कालिकोट, दैलेख, सुर्खेत र बर्दिया,
  • सगरमाथा इन्स्योरेन्स कम्पनीले मुगु, जाजरकोट र जुम्ला,
  • एनएलजी इन्स्योरेन्सले डोल्पा, पश्चिम रुकुम, सल्यान र बाँके,
  • प्रभु इन्स्योरेन्सले मुस्ताङ, म्याग्दी, बाग्लुङ र स्याङ्जा,
  • सिद्धार्थ इन्स्योरेन्स मनाङ, कास्की, पाल्पा र रुपन्देही
  • प्रुडेन्सियल इन्स्योरेन्सले गोरखा, लमजुङ, तनहुँ, परासी,
  • शिखर इन्स्योरेन्सले चितवन, मकवानपुर, धादिङ र नुवाकोट,
  • हिमालयन जनरल इन्स्योरेन्सले सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर र बारा,
  • प्रिमियर इन्स्योरेन्स कम्पनीले दोलखा, रामेछाप, सिन्धुली र सर्लाही
  • आइएमई जनरल इन्स्योरेन्सले सोलुखुम्बु, ओखलढुङ्गा, महोत्तरी, धनुषा,
  • लुम्बिनी जनरल इन्स्योरेन्स सङ्खुवासभा, भोजपुर, खोटाङ र उदयपुर,
  • नेको इन्स्योरेन्सले ताप्लेजुङ, पाँचथर, इलाम र झापा,
  • दि ओरिइण्टल इन्स्योरेन्सले धनकुटा, सुनसरी, तेह्रथुम र सप्तरी,
  • नेशनल इन्स्योरेन्सले रोल्पा, प्यूठान, दाङ र अर्घाखाँची
  • सानिमा जनरल इन्स्योरेन्सले कपिलवस्तु, नवलपुर र मोरङ,
  • जनरल इन्स्योरेन्स कम्पनी रसुवा, सिराहा र पर्सा,
  • अजोड इन्स्योरेन्सले गुल्मी, पर्वत, पूर्वरुकुम र रौतहट
  • काठमाडौँ भक्तपुर र ललितपुरमा सबैलाई अधिकार
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: