
- अर्थ सरोकार सुदुरपश्चिम ब्युरो
धनगढी । कैलालीको लम्कीका २१ वर्षीय राज बिक कोरोना संक्रमित सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका छन् । ती युवा १६ दिनअघि सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए । उनलाई आइतबार साँझ साढे ४ बजे डिस्चार्ज गरिएको हो । भारतबाट आएका जिल्लाको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ती युवकमा चैत २२ गते पिसिबारबाट कोरोना संक्रमणको पुष्टि भएको थियो ।
दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई आज डिस्चार्ज गरिएको हो । उनी भारतको मुम्बईबाट चैत ११ गते नेपाल फर्किएका हुन् । उनलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । यससँगै नेपालमा कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुने उनी चौथो व्यक्ति भएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्