×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

र्‍यापिड टेस्ट गर्दा सर्लाहीमा १४ वर्षीय बालकमा देखियो कोरोना पोजेटिभ

LAXMI SUNRISE BANK

र्‍यापिड टेस्ट गर्दा सर्लाहीमा १४ वर्षीय बालकमा देखियो कोरोना पोजेटिभ

६ बैशाख २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सर्लाही – सर्लाहीमा एक १४ वर्षीय बालकमा कोरोनाको संक्रमण देखिएको छ । सर्लाही ६५ जनालाई यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) गर्दा एक १४ वर्षीय बालकमा पोजेटिभ देखिएको हो ।
शुक्रबार साँझ सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा आरडीटी परीक्षण गर्दा एक १४ वर्षीय बालकलाई कोरोना पोजेटिभ देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले पुष्टि गरे ।
प्रमुख जिल्ला अधिकारी जिसीका अनुसार कोरोना पोजेटिभ देखिएका उक्त बालकको थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ । साथै, उनीसँगै क्वारेन्टाइनमा रहेका एक अर्का व्यक्तिलाई र्‍यापिड टेस्ट गर्दा नेगेटिभ देखिए पनि थप परीक्षणका लागि उनलाई पनि जनकपुर पठाइएको उनले जानकारी दिए ।
कोरोना पोजेटिभ देखिएका ती बालक चैत २३ गते भारतको राजधानी दिल्लीबाट आफ्नो गाउँ धनकौल आएका थिए । भारतबाट आएको जानकारी सुरक्षाकर्मीलाई थाहा भएपछि ती बालकलाई आफ्नो घर नपुग्दै क्वारेन्टाइनमा राखिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी