Skip to content
LAXMI SUNRISE BANK

सुदुरपश्चिमका कोरोना संक्रमितको उपचारको लागि ३४ चिकित्सक धनगढी प्रस्थान

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सुदुरपश्चिममा कोरोना संक्रमितको उपचारको लागि ३४ जना चिकित्सकको टोलीलाई धनगढी पठाईएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडिएमएस अध्यनरत ३४ चिकित्सकलाई कोरोना संक्रमितको उपचारको लागि शुक्रबार (आज) धनगढी पठाईएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका हुन् ।
सुदुरपश्चिम प्रदेशमा छिमेकी मुलुक भारतबाट आउने नेपालीहरुको संख्या धेरै रहेको र त्यहाँ जनशक्तिको आवश्यक महसुस भएकोले चिकित्सक पठाईएको देवकोटाले जानकारी दिए । उनी भन्छन्, ‘सुदुरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिष्दको कार्यलयबाट उनीहरुलाई उक्त प्रदेशको विभिन्न अस्पतालहरुमा परिचालन हुने गरी पठाईएको हो। ’ उनीहरुलाई हाल एक महिनाको लागि त्यहाँ पठाईएको र आवश्यकता अनुसार समय थप्ने देवकोटाले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK