×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेलायतमा थप तीन हप्ता लकडाउन, नेपालमा के होला ?

LAXMI SUNRISE BANK

बेलायतमा थप तीन हप्ता लकडाउन, नेपालमा के होला ?

५ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – बेलायत सरकारले कोरोनाभाइरस संक्रमणको विस्तार रोक्न थप तीन हप्ता लकडाउन कायम राख्ने निर्णय गरेको बेलायतका विदेशमन्त्री डोमिनिक राबले बताउनुभएको छ । प्रधानमन्त्री बोरिस जोन्सन कोरोनाभाइरसको उपचारकै क्रममा रहनु भएका कारण विदेशमन्त्री राबले बेलायत सरकारको निर्णय सार्वजनिक गर्नु भएको हो ।
उहाँले भन्नुभयो, “आपतकालीन अवस्थाका लागि वैज्ञानिक सल्लाहकार समूहले तत्काल लकडाउन हटाउँदा जनस्वास्थ्य र अर्थतन्त्र दुबैलाई नोक्सान पु–याउने सुझाव दिएको छ । यसैले कम्तिमा अर्को तीन सातासम्म हालको व्यवस्था यथावत रहनेछ ।” 
उहाँले यी उपायहरूमा छुट दिन पाँच प्रमुख शर्तहरू अघि सार्नुभएको छ । ती शर्तहरुमा बिरामीहरूको बढ्दो संख्यालाई सामना गर्न राष्ट्रिय स्वास्थ्य सेवाको क्षमता विकास भएको हुनुपर्ने, कोरोनाभाइरस–सम्बन्धित मृत्यु दरहरूमा एक दिगो र लगातार न्यून भएको ठोस प्रमाण हुनुपर्ने, संक्रमणको दर प्रबन्धनीय स्तरमा घट्दै गएको हुनुपर्ने, आवश्यक संशाधनहरूको उपलब्धता र परीक्षण क्षमता पर्याप्त रहेको देखिनुपर्ने तथा संक्रमणको दोस्रो लहरमा प्रवेश नहुने सुनिश्चित हुनुपर्ने रहेका छन् । हालसम्म बेलायतमा कोरोना संक्रमितको संख्या एक लाख तीन हजार नाघेको छ भने झण्डै १४ हजारको ज्यान गएको छ ।

यता नेपालमा पनि कोरोना संक्रमितको संख्या १६ पुगेको छ । सरकारले बैशाख १५ गतेसम्म देश लकडाउन गरेको छ । यसअवधिसम्म कोरोना संक्रमितको संख्या बढेमा लकडाउन अझै थपिने बुझिएको छ ।  -रासस 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी