×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुर्खहरुलाई कति सम्झाउनु ? शुक्रबार लकडाउन उल्लंघन गर्ने १ हजार बढी प्रहरीको नियन्त्रणमा

LAXMI SUNRISE BANK

मुर्खहरुलाई कति सम्झाउनु ? शुक्रबार लकडाउन उल्लंघन गर्ने १ हजार बढी प्रहरीको नियन्त्रणमा

५ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं : प्रहरीले काठमाडौं उपत्यकाबाट शुक्रबार(आज) बिहानै लक डाउन उल्लंघन गर्ने १ हजार १ सय ४९ जनालाई नियन्त्रणमा लिएको छ । बिहान ९ बजेसम्ममा काठमाडौंबाट ९ सय २१ जना, ललितपुरबाट १ सय ७७ जना र भक्तपुरबाट ४४ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 
लक डाउनका बेला अत्यावश्यक बाहेकका कामका लागि निस्कन नपाइने भएकाले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । सोधपुछका क्रममा अत्यावश्यक कामका लागि निस्किएको पाइएमा भने छाड्ने गरिएको छ । यस्तै, प्रहरीले लक डाउन उल्लंघन गर्ने १ सय ७ वटा गाडी नियन्त्रण लिएको जनाएको छ । नियन्त्रणमा लिइएको गाडी साँझमात्रै छाडिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी