×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भक्तपुर नगरपालिकाद्धारा लकडाउन पालना गराउन ५०० बढी स्वयंसेवक परिचालन, नटेर्नेलाई जेल हालिने

LAXMI SUNRISE BANK

भक्तपुर नगरपालिकाद्धारा लकडाउन पालना गराउन ५०० बढी स्वयंसेवक परिचालन, नटेर्नेलाई जेल हालिने

५ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
भक्तपुर । भक्तपुर नगरपालिकाले नगरभित्र लकडाउनको समयमा पनि भिडभाड हुन थालेपछि प्रहरीसँगै स्वयंसेवक परिचालन गरेको छ । नगरभित्र अत्यावश्यक किनमेलको समयमा पनि पास बाहेकमा मानिसहरु घरबाहिर निस्किएपछि स्वयंसेवक परिचालन गरी टोल-टोलमा खटाएको हो । यसरी एउटा वडामा ५० जना खटाएको छ भने आवश्यकता अनुसार परिचानको लागि ज्याकेटसहितका ५०० भन्दा बढी स्वयंसेवक तयारी अवस्थामा रहेको छ ।
स्वयंसेवकले स्थानीय भाषामा नै सम्झाइ-बुझाइ गरी अत्यावश्यक सामान किनमेलको लागि स्थानीयहरुलाई नगरपालिकाले दिएको पासको आधारमा मात्र पठाउने र तरकारी बजार व्यस्थापन गराउने गरेको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी बताउनुभयो । भक्तपुर नगरभित्र विस्का जात्राको समय भएकाले पनि स्थानियहरु घरबाहिर निस्कने गरेको पाएपछि स्वयंसेवक खटाउनु परेको उहाँले बताउनुभयो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी