- रासस
बाजुरा – कोरोना सङ्क्रमणविरुद्ध खटिरहेका कर्मचारीले कुल ५० लाखकाे बिमा सुविधा पाउने भएका छन् । बाजुराको हिमाली गाउँपालिकाले रु १० लाख बराबरको बीमा सुविधा दिने निर्णय गरेसँगै कोरोना सङ्क्रमणविरुद्ध खटिरहेका त्यहाँका कर्मचारीले कुल ५० लाखकाे बिमा सुविधा पाउने भएका हुन् ।
प्रतिदिन रु ५०० थप सुविधा दिइरहेको हिमाली गाउँपालिकाले थप रु १० लाखको बीमा सहुलियत दिने निर्णय गरेको हो । सरकारको रु २५ लाख र प्रदेश सरकारको रु १५ लाखमा गाउँपालिकाले रु १० लाख थपेर रु ५० लाख बनाएको गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिए ।
मानव जातिको सुरक्षाका लागि खटिएका कर्मचारीलाई हौसला दिन थप सुविधा र बीमा गर्ने निर्णय गरिएको हो । वैशाख २ र ३ गते गाउँपालिकामा बसेको विपद् व्यवस्थापन तथा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समितिको बैठकले गरेको उक्त निर्णय सार्वजनिक गरेको हो ।
गाउँपालिकाले गरेको निर्णयले कर्मचारीको मनोबल बढेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक राजबहादुर भण्डारीको भनाइ छ । निर्णयले स्वास्थ्यकर्मी, कर्मचारीसहितको मनोबल बढाउने योजना हिमालीले ल्याएको हो ।
गाउँपालिकाले सम्पूर्ण आवतजावत, भेला तथा जमघटका सबै गतिविधि पूर्णरूपमा बन्द गरेको छ । सीमानाकामा खटिन र वडामा लकडाउन नियमको पालना गर्न स्वयंसेवक खटाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्