×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट : विश्वभर मृत्यु हुनेको संख्या डेढ लाख पुग्दै, संक्रमित २२ लाख नजिक !

LAXMI SUNRISE BANK

कोरोना अपडेट : विश्वभर मृत्यु हुनेको संख्या डेढ लाख पुग्दै, संक्रमित २२ लाख नजिक !

५ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या झन्डै साढे १ लाख नजिक रहेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार दिउँसो साढे ११ बजेसम्म मृत्यु हुनेको संख्या १ लाख ४६ हजार रहेको छ। 
यस्तै संक्रमण हुनेको संख्या पनि २२ लाख नजिक गरेको छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसारअहिलेसम्म विश्वभर २१ लाख ८३ हजार ६९२ जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये ५ लाख ५२ हजार ७४३ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले १४ लाख ८४ हजार ४९१ मा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ६ लाख ९९ हजार ६१३ जनाको अवस्था भने गम्भीर रहेको छ ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका, इटाली, स्पेन, फ्रान्स पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ३५ हजार नजिक छ । यस्तै इटालीमा मृत्यु हुनेको संख्या २२ हजार नाघेको छ भने स्पेनमा १९ हजार नाघेको छ । फ्रान्समा मृत्यु हुनेको संख्या १८ हजार नजिक छ भने बेलायतमा १४ हजार नजिक रहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी