×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झापाको हल्दीबारीमा आरडिटीमा पोजेटिभ भनिएकाको पिसीआर परीक्षण नेगेटिभ

LAXMI SUNRISE BANK

झापाको हल्दीबारीमा आरडिटीमा पोजेटिभ भनिएकाको पिसीआर परीक्षण नेगेटिभ

५ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

झापा
  • रासस
विराटनगर – प्रदेश नं १ मा एक जना कोरोना पोजेटिभ देखिएको भनिएकोको रिपोर्ट नेगेटिभ आएको छ । झापाको हल्दीबारीमा आरडिटीमा पोजेटिभ देखिएका एक पुरुषको रिर्पोट कोशी अस्पताल विराटनगरमा पिसीआरबाट परीक्षण गर्दा बिहीबार नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना डेस्कले जनाएको छ ।
बिहीबारसम्म द्रुत परीक्षण विधि (आरडिटी) बाट जम्मा ८२६ जनाको कोरोना परीक्षण भएको छ भने सबैको रिपोर्ट नेगेटिभ रहेको छ । ल्याबमा गरिने परीक्षण (पिसीआर) विधिबाट बुधबारसम्म जम्मा ३४१ जनाको नमूना परीक्षण भएको छ । जसमध्ये ६५ महिला र २७६ पुरुष छन् । परीक्षण नतिजा ४९ महिला र २४३ पुरुषको रिर्पोट नेगेटिभ आएकोे छ । पिसीआर विधिबाट नमूना परीक्षण गरिएकामध्ये ५८ जनाको रिर्पोट आउन बाँकी छ ।
हालसम्म दुवै विधिबाट आएको परीक्षणको नतिजा नेगेटिभ छ अर्थात् कसैमा कोरोना रोगको सङ्क्रमण देखिएको छैन । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पिसीआर विधिबाट नमूना परीक्षण हुँदै आएको छ । प्रदेश सरकारले जिल्लाका क्वारेन्टाइनमा राखिएकाहरुको नमूना परीक्षणलाई तीव्रता दिएको जनाएको छ ।
प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनस्थलमा बस्नेको सङ्ख्या बिहीबारसम्म कूल ५६८ छ, जसमा चार महिला र ४६ पुरुष डिस्चार्ज भएका छन् । क्वरोन्टाइनमा ६८ महिला र ५०० पुरुष बसिरहेका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा रहेका एक महिला र एक पुरुष डिस्चार्ज भएका छन् । अब आइसोलेसनमा जम्मा आठ जना बसिरहेका छन् ।
होम क्वारेन्टाइनमा ६३५ महिला र तीन हजार १८१ पुरुष गरी जम्मा तीन हजार ८१६ जना छन् भने क्वारेन्टाइनमा बस्नेको सङ्ख्या हरेक दिन बढ्दो क्रममा रहेकोे पाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी