
- अर्थ सरोकार सम्बाददाता
दार्चुला – भारतको धार्चुलाको क्वारेन्टाइनमा आमाको किरिया बसेका दार्चुलाको शैल्यशिखर नगरपालिका–१ जोगउडाका ३५ वर्षीय वासुदेव भट्ट घर फर्किन पाउने भएका छन् । कोरोना भाइरसले माहामारीको रुप लिइरहेको भन्दै आमाकै करकापमा वासुदेव घर त फर्किए तर उनि लकडाउनका कारण आफ्नो घरसम्म भने पुग्न पाएनन् । त्यसपछि उनले आमालाई पनि भेट्न पाएनन् । उनीसहित अन्य थुप्रै नेपाली भारतको धार्चुलाको क्वारेन्टाइनमा बसिरहेका छन् ।
यता मङ्गलबार साँझ घरमा बैसठ्ठी वर्षीया आमा गौमतीको घरमा निधन भयो । तर पनि आउँन पाएनन् । त्यसपछि उनि कालीपारि कै क्वारेन्टाइनमा किरिया बसे । भट्टबारे विभिन्न सञ्चार माध्यममा समाचार आएपछि गृह मन्त्रालयले उनलाई घर फर्काउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशन दिएको छ । गृहले निर्देशनलगत्तै जिल्ला प्रशासनले उनलाई घर पुर्याउने तयारी गरेको छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले भट्टलाई आजै घर पुर्याउने व्यवस्था गरिने बताएका छन् ।
उनका अनुसार किरिया बसेका भट्टलाई घर पुर्याउन शैल्यशिखर नगरपालिकाको टोली गाडीसहित गएको छ ।धार्चुलामा अहिले साढे ५ सयभन्दा बढी नेपाली क्वारेन्टाइनमा छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्