
- अर्थ सरोकार सम्बाददाता
नेपालगन्ज – भेरी अस्पतालबाट पनि कोरोना परिक्षण सुरु हुने भएको छ । शुक्रबारबाट उक्त अस्पतालबाट कोरोना परिक्षण सुरु हुने भएको हो । काठमाडौँबाट विज्ञसहितको टोली बिहिबार आज भेरी अस्पताल पुग्नेछ । विज्ञको टोलीले पिसिआर (पोलिमरेज चेन रियाक्शन) ल्याबको निरीक्षण, यन्त्रको जाँच र अस्पतालका माइक्रोबायोलोजिष्टलाई आवश्यक तालिम दिएपछि सम्भवतः शुक्रबारदेखि परीक्षण सुरु हुने अस्पतालले जनाएको छ ।
कोरोना परीक्षण गर्ने पिसिआर मेशिन एक साताअघि नै अस्पतालमा जडान भइसके पनि सञ्चालन विज्ञ र आवश्यक किट्स केन्द्रबाट आउन ढिलाइ भएकाले तत्काल परीक्षण शुरु नसकेको अस्पतालका प्रमुख डा. प्रकाश बहादुर थापाले बताए । अस्पतालमा २५ लाख मूल्यको पिसिआर परीक्षणको मूल यन्त्र र अन्य सहायक उपकरण जडान गरिएका छन् । आवश्यक जनशक्ति र पर्याप्त किट्स भएमा दिनमा १०० भन्दा बढी नमूना जाँच गर्न सकिने अस्पतालले जनाएको छ ।
नेपालगञ्जमा परीक्षणको शुभारम्भपछि टोली सुदूरपश्चिमको सेती अञ्चल अस्पताल जाने कार्यक्रम रहेको डा.थापाले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्