×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनबाट आयो खुसीको खबर, कोरोना आशङ्का गरिएका एक जनाको नतिजा ‘नेगेटिभ’, परिवार खुसी

LAXMI SUNRISE BANK

चितवनबाट आयो खुसीको खबर, कोरोना आशङ्का गरिएका एक जनाको नतिजा ‘नेगेटिभ’, परिवार खुसी

४ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । र्‍यापिड डायग्नोस्टिक परीक्षण (आरडीटी)का क्रममा पोजेटिभ देखिएका पूर्वी चितवनका एक व्यक्तिको नतिजा नेगेटिभ आएको छ । भरतपुर कोभिड–१९ प्रयोगशालामा पीसीआर परीक्षणका क्रममा उनको नतिजा नेगेटिभ आएको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिनुभयो । गएको चैत ७ गते कोरियाबाट नेपाल आएका उनको रत्ननगरको गुञ्जमान अस्पतालमा गरिएको र्‍यापिड डायग्नोष्टिक परीक्षणका क्रममा पोजेटिभ देखिएको थियो । 
रिपोर्ट पोजेटिभ आएपछि थप परीक्षणका लागि स्वाब कोभिड-१९ प्रयोगशालामा ल्याइएको थियो । प्रयोगशालाको नतिजा नेगेटिभ आएको हो । यस्तै राप्ती नगरपालिकामा गएको चैत ५ गते बेलायतबाट आएकी ६५ वर्षीया महिलामा र्‍यापिड डायग्नोस्टिक परीक्षणका क्रममा शङ्कास्पद देखिएपछि उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी