
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – स्वास्थ्य सामग्री लिनका लागि नेपाल वायुसेवा निगमका २ जहाज आज चीनको ग्वान्झाउतर्फ जाने भएका छन् । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचाको लागि आवश्यक सामग्री लिन निगमका जहाज पठाउन लागेको हो ।
निगमका जहाज बिहीबार साँझ चीनको ग्वान्झाउतर्फ जाने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राज कुमार क्षेत्रीले जानकारी दिए । एउटा जहाज साँझ ५ः४५ बजे उड्ने छ भने अर्को ६ः०५ मा उड्नेछ। क्षेत्रीका अनुसार ए ३३२ जहाजले उडान भर्दैछन्।
यसअघि पनि निगमका दुई जहाजले चीनबाटै स्वास्थ्य सामग्री ल्याएका थिए । लकडाउनपछि निगमका पाँच जहाजले चार्टर्ड उडान भरिसकेका छन् । अष्ट्रेलिया, जापान र दिल्लीमा प्यासेन्जर चार्टर्ड उडान भएका थिए। चीनको ग्वान्झाउमा यसअघि दुई र बिहीबार दुई गरी चार चार्टर्ड उडान पूरा हुँदैछ। चीन उडान भर्ने सबै जहाज स्वास्थ्य सामग्री लिनको लागि गएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्