Skip to content
LAXMI SUNRISE BANK

र्‍यापिड टेस्ट गर्दा काठमाडौंकी एक महिलामा एन्टिबडी पोजेटिभ, टेस्ट गर्ने डाक्टर नै क्वारेन्टाइनमा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गत चैत पहिलो हप्ता इटालीबाट आएकी एक महिलामा एन्टिबडी पोजेटिभ देखिएको छ । ३१ वर्षीया महिलाको र्‍यापिड टेस्टका क्रममा एन्टिबडी पोजेटिभ देखिएको हो । तर, उनको पीसीआर विधिबाट परीक्षण हुन भने बाँकी नै रहेको छ ।
बुढानीलकण्ठ नगरपालिकाले विदेशबाट आएकाहरुको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना सं‌क्रमण परीक्षण सुरु गरेको थियो । त्यसक्रममा उनी आफैँ जाँच गराउन आइपुगेकी थिइन् ।
‘२२ दिनसम्म घरमै क्वारेन्टाइनमा बसेको थिएँ भन्दै आउनुभयो । टेस्ट गर्दा पोजेटिभ आयो’ मेयर उद्धवप्रसाद खरेलले भने, ‘उहाँ विदेशबाट आउनु भएको स्थानीय तहको रेकर्डमा थिएन ।’
चैत पहिलो साता आएकी उनले १४ दिन क्वारेन्टाइनमा बसेपछि आफन्तसँग भेटघाट गर्ने गरेको पाइएको छ ।बुधबार भएको टेस्टमा एन्टिबडी पोजेटिभ आएपछि पीसीआर विधिबाट परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको छ ।
र्‍यापिड टेस्टमा खटिएका डाक्टर, उनका एक सहयोगी र ल्याबका तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ । मेयर खरेलकाअनुसार स्थानीय तहले विदेशबाट आएकाहरुलाई सूचीकृत गर्न भनेको थियो । तर, धेरैले नगरेको पाइएको छ । अहिले र्‍यापिड टेस्टका क्रममा भने उनीहरु सम्पर्कमा आएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK