×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना वर्ल्ड अपडेट : मृतकको संख्या १ लाख ३२ हजार नाघ्यो, कति पुगे संक्रमित ?

LAXMI SUNRISE BANK

कोरोना वर्ल्ड अपडेट : मृतकको संख्या १ लाख ३२ हजार नाघ्यो, कति पुगे संक्रमित ?

४ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण अहिलेसम्म विश्वमा १ लाख ३४ हजार ५६० जनाले ज्यान गुमाई सकेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ हजार ९५९ जनाको मृत्यु भएको छ भने ८४ हजार ४६९ नयाँ संक्रमित फेला परेका छन् ।

विश्वभर २० लाख ८२ हजार ३७२ कोरोना संक्रमित रहेका छन् । त्यसमध्ये ५ लाख १० हजार ४६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिले विश्वका विभिन्न अस्पतालमा १४ लाख ३७ हजार ७६६ को उपचार भइरहेको छ । उपचाररतमध्ये ५१ हजार १६० को अवस्था गम्भीर छ ।
अहिले सम्म विश्वका २१० देशमा आफ्नो प्रकोप फैलाईसकेको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमणले सबैभन्दा बढी संक्रमण र मानवीय क्षति अमेरिकामा पुगेको छ ।
पछिल्लो २४ घण्टामा अमेरिकामा ३० हजार १४२ बढीमा संक्रमण देखिएका छन् भने २ हजार ४७० जनाले ज्यान गुमाएका छन् । योसँगै संक्रमित हुनेको संख्या ६ लाख ४४ हजार २५ र मृत्यु हुनेको संख्या २८ हजार ५१५ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ४८ जार ६७९ जना उपचारपछि निको भएका छन् । १३ हजार ४७८ जनाको अवस्था गम्भीर रहेको छ । साथै, ५ लाख ६६ हजार ८२९ जना उपचाररत छन् ।
यता, इटालीमा एकैदिन ५७८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २१ हजार ६४५ पुगेको हो । इटालीमा एकैदिन २ हजार ६६७ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ६५ हजार १५५ पुगेको छ ।
इटालीमा संक्रमितमध्ये ३८ हजार ९२ जना उपचारपछि निको भएका छन् । ३ हजार ७९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । १ लाख ५ हजार ४१८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ४३८ जनाले ज्यान गुमाएका छन् । यो हिजोको तुलनामा झण्डै दोब्बर हो । हिजो ७६२ जनाले ज्यान गुमाएका थिए ।
एकैदिन १ हजार ४३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार १६७ पुगेको छ । एकै दिन ४ हजार ५६० जना संक्रमित भएसँगै कोरोना संक्रमितको संख्या १ लाख ४७ हजार ८६३ पुगेको छ ।
फ्रान्समा संक्रमितमध्ये ३० हजार ९९५ जना उपचारपछि निको भएका छन् । ६ हजार ४५७ जनाको अवस्था गम्भीर रहेको छ भने ९९ हजार ७४१जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
स्पेनमा पछिल्लो २४ घण्टामा ५५७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १८ हजार ८१२ पुगेको छ । स्पेनमा एकैदिन करिव ६ हजार ६ सय जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ८० हजार ६५९ पुगेको छ ।
स्पेनमा संक्रमितमध्ये ७० हजार ८५३ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ९० हजार ९९४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी