×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनसिटीको संक्रमित परिवारकी बुहारीको रिपोर्ट ‘नेगेटिभ’ आयो : स्वास्थ्य मन्त्रालय

LAXMI SUNRISE BANK

सनसिटीको संक्रमित परिवारकी बुहारीको रिपोर्ट ‘नेगेटिभ’ आयो : स्वास्थ्य मन्त्रालय

३ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनामध्ये १ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ । २ जनालाई भने कोरोना संक्रमण भइसकेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ । परिवारको तेस्रो सदस्यमा कोरोना संक्रमण नभएको बुधबार स्वास्थ्य मन्त्रालय जनाएको छ ।
सोमबार गरिएको र्‍यापिड टेष्टमा तीनै जनामा एन्टीबडी पोजेटिभ पाएपछि पाटन अस्पताल भर्ना गरिएको थियो ।उनीहरुमध्ये ८१ बर्षीया आमा र ५८ वर्षका छोरामा कोरोना संक्रमण देखिएको थियो । ५२ वर्षकी बुहारीको पहिलो रिपोर्ट पोजेटिभ नआएपछि पुनः परीक्षण गरिएको थियो । उनीहरु तिनै जना सनसिटी अपार्टमेन्ट ब्लक ए मा बस्दै आएका थिए । उक्त ब्लकमा बस्ने सबैको आज कोरोना परिक्षण गरिएमा सबैको नतिजा नेगेटिभ आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी