काठमाडौं । सेलकम प्रा.लि.को सेलपे सेवाले ग्राहकहरुको माग अनुरुप नयाँ सुबिधाहरु थप गरेको छ । जस अन्तर्गत ग्राहकहरुले अब सजिलै सेलपे मोबाईल वा वेब एप्लीकेशन प्रयोग गरी सहज रुपमा सेलपेसँग आबद्ध भएका बिभिन्न बिमा कम्पनीको बिमा रकम भुक्तानी र स्याकार इन्भेस्ट्मेण्ट कम्पनी भ्ःक्ष् भुक्तानी गर्नुका साथै ग्राहकले आफुले पठाएको रकमप्रापकले सिटी एक्स्प्रेस मनी ट्रान्स्फरको नेपाल भरीका आफुलाई पायक पर्ने जुनसुकै रेमिटेन्स एजेण्ट कहांबाट प्राप्त गर्ने सक्ने छन् ।
हाल विश्व भरी फैलिदै गरेको कोरोना भाईरसको संक्रमणबाट बच्नको लागि नेपाल सरकारबाट आम सर्वसाधारणलाई सामाजिक दुरी कायम गर्न र अत्यावश्यक कार्यका लागि बाहेकघरबाट बाहिर ननिस्कन निर्देशन जारी गरिएको हुँदा,सेलपेले यस अवस्थामा यी थप सेवा र सुबिधाले सेलपेका ग्राहकहरुलाई सामाजिक दुरी कायम गर्नको साथै आफ्नो आवश्यक रकम भुक्तानीका कामहरु गर्न पनि सहजता पुर्याउनेछ। सेलपेका ग्राहकहरुले यस थप सेवाहरुको फाईदा लिनको लागि आफ्नो सेलपे एप्पमागई हालै नयाँ थपिएका आइक भ्ःक्ष् र इन्सुरेन्समाक्लिक गरी आफ्नो आवश्यकता अनुसारको सेलपेसँग आबद्ध भएका कम्पनीको लोगो छनौट गरी सजिलै आफ्नो आवश्यकता अनुरुपरकम भुक्तानी गर्न सक्नेछन् ।
यसका साथै देश भित्र कुनै पनी ठाउँमा सजिलै पैसा पठाउनका लागि ग्राहकहरुले रेमिट्यान्स आइकनमा क्लिक गरी आफ्नो इच्छा अनुरुप सिटी एक्स्प्रेस मनी ट्रान्स्फर एजेन्ट छनौट गरे पश्चात पठाउन चाहेको रकम सजिलै पठाउन सक्नेछन्। यसरी पैसा पठाईसकेपछि प्रेषकले आफ्नो सेलपे एप्पमा एउटा ग्लष्त्रगभ क्ष्म् प्राप्त गर्नेछन् र त्यस ग्लष्त्रगभ क्ष्म् प्रेषकले प्रापकलाई दिनुपर्नेछ र प्रापकले देशै भरी रहेका विभिन्न सिटी एक्स्प्रेस मनी ट्रान्स्फरका रेमिट्यान्स एजेन्टमध्ये तोकिएको एजेन्टको कार्यालयमागई उत्त ग्लष्त्रगभ क्ष्म् देखाएर सरल रुपमा पैसा प्राप्त सक्नेछन्।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ :
- बास्तविक समयमा भुक्तानी
- बिनावालेट कारोबार गर्न सकिने
- सरल एवं सुरक्षित
- लोयाल्टी पोइन्टस पाईने
सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्नपसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनीट्रान्सफर, P2P, P2B, B2P, B2B आदि वास्तविक समयमा गर्न सकिन्छ ।
यस सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्नहुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुकाग्राहकहरुले सहज रुपमा यो सेवालिन सक्नेछन् । सेलपे सेवागुगलप्लेस्टोर तथाएप्पल एप्पस्टोरमा उपलब्ध छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्