- अर्थ सरोकार सुदुरपश्चिम ब्युरो
एनसीसी बैंक र सेन्चुरी बैंकको सेवा औसत छ । एटिएममा कहिले सुरक्षा प्रवन्ध राम्रो हुन्छ, कहिले त्यहाँ रहेका गार्ड वा अरु कोहीलाई भन्नुपर्छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएममा समस्या परिरहने गुनासो गर्छन् स्थानीयहरु । स्वास्थ-सुरक्षाको प्रबन्ध पनि खास गतिलो छैन ।
सिटिजन्सको लापरवाही उदेकलाग्दो छ । न सेनिटाईजरको व्यवस्था छ एटिएममा न साबुनपानीको ।
कुमारी बैंकको स्थितिपनि बेहाल छ । एटिएममा रिस्क छ । स्वास्थ्य प्रबन्ध राम्रो छैन ।
सनराइजले चालेका कदम ठिक छन् । बैंकले चेतनामुलक ब्यानरहरु पनि राखेको छ । सेनिटाईर पनि गार्डले उपलब्ध गराउँछन् ।
देव बिकास बैंकमा स्वास्थ्य-सुरक्षाको स्थिति ठिक छैन ।
एसबिआइ बैंकले स्वास्थ्य सुरक्षाको राम्रो व्यवस्था गरेको छ ।
कन्चन डेभलोपमेन्ट बैंकमा पनि सेनीटाईजर देखिएन । यहाँ पनि रिस्क नै देखियो ।
कृषि बिकास बैंकले भने हात धुने व्यवस्थासमेत गरेको छ ।
ठुलो बैंकको ठुलै पारा भनेजस्तै एनआइसी एशिया बैंकले भने सबैकुराको राम्रो प्रबन्ध गरेको छ ।
ग्लोबल आइएमइ बैंकको एटिएममा पनि सेनिटाईजर् पाइन्छ ।
सिद्धार्थले पनि जनस्वास्थ्यमाथि खेलबाड गरेको छ। एटिएम बुथमा सेनिटाईजर छैन ।
सुरक्षित एटिएम मात्र जाँदा राम्रो
अहिले कुनै एटिएमबाट कुनै बैंकको एटिएम प्रयोग गरेर पनि पैसा निकाल्दा कुनै शुल्क लाग्दैन । त्यसैले स्वास्थ्य-सुरक्षाको प्रत्याभूति भएका बैंकहरुका एटिएम बुथमात्र प्रयोग गर्दा राम्रो हुन्छ । सतर्क बनौं ।