×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनसिटी अपार्टमेन्टमा र्‍यापिड टेस्ट सुरु, प्रार्थना गरौं, ‘कसैको रिपोर्ट पनि पोजेटिभ नआओस्…’

LAXMI SUNRISE BANK

सनसिटी अपार्टमेन्टमा र्‍यापिड टेस्ट सुरु, प्रार्थना गरौं, ‘कसैको रिपोर्ट पनि पोजेटिभ नआओस्…’

३ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । सनसिटी अपार्टमेन्टमा बस्ने सबैको कोरोना भाइरस परीक्षण सुरु भएको छ । उक्त अपार्टमेन्टमा बस्ने सबैको बुधबार बिहान साढे नौ बजेबाट र्‍यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट परीक्षण सुरु गरिएको हो ।

मंगलबार सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका २ जनामा कोरोनाको पुष्टि भएसंगै आज सबैको परिक्षण थलिएको हो । कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाका अनुसार स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिकहरूलाई प्राथमिकता दिएर तीन वटा टेबलबाट परीक्षण भइरहेको छ । कोरोना संक्रमित बस्ने ब्लक ‘ए’ मा आज बुधबार २४२ जनाको परीक्षण गर्न लागिएको हो । सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।

८ चैतमा भएको सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीको चुनावमा संक्रमित परिवारका एक सदस्यले पनि मतदान गरेकाले पाँच वटै ब्लकका बस्नेहरूको परीक्षण गर्न लागिएको हो । हाल नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ जसमा १ जना भने निको भईसकेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी