×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट : अमेरिकामा मृत्यु हुनेको संख्या २६ हजार नाघ्यो, इटालीमा पनि २१ हजार बढीले ज्यान गुमाए

LAXMI SUNRISE BANK

कोरोना अपडेट : अमेरिकामा मृत्यु हुनेको संख्या २६ हजार नाघ्यो, इटालीमा पनि २१ हजार बढीले ज्यान गुमाए

३ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कोरोना भाइरका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २६ हजार नाघेको छ । वल्डोमिटरको तथ्यांक अनुसार बुधबार मध्यान्नसम्म अमेरिकामा संक्रमितको संख्या ६ लाख १४ हजार २६४ पुगेको छ । यस भाइरसका कारण सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ । चिनबाट सुरु भएता पनि यस भाइरसले चीनमा भने झन्डै साढे ३ हजारको मात्र ज्यान गएको छ । 
यस्तै इटालीमा मृतकको संख्या २१ हजार नाघेको छ । इटालीमा मृत्यु हुनेको संख्या २१ हजार ६७ पुगेको छ भने संक्रमितको संख्या १ लाख ६२ हजार नाघेको छ । स्पेनमा १८ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । स्पेनमा १८ हजार २२५ ले ज्यान गुमेका छन् भने बेलायतमा १२ हजार १०७ ले ज्यान गुमाएका छन् ।  फ्रान्समा मृत्यु हुनेको संख्या १६ हजार नजिक छ। 
विश्वमा मृतकको संख्या १ लाख १९ हजार ७५८ रहेको छ भने १९ लाख २९ हजार भन्दा बढी संक्रमित छन्। विश्वभर ४ लाख २३ हजार भन्दा बढी निको भएर घर फर्किसकेका छन्। यस्तै विश्वभर संक्रमण हुनेको संख्या पनि साढे २० लाख नाघेको छ । अहिलेसम्म विश्वभर २० लाख २४३ जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये ४ लाख ८४ हजार ७४७ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले १३ लाख ८८ हजार ७३९ मा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ६ लाख ११ हजार ५०५ जनाको अवस्था भने गम्भीर रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी