×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वभर यस्तो छ कोरोना भाइरसको पछिल्लो अपडेट…

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

विश्वभर यस्तो छ कोरोना भाइरसको पछिल्लो अपडेट…

Artha Sarokar

३ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख २७ हजार नजिक रहेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार दिउँसो १२ बजेसम्म मृत्यु हुनेको संख्या १ लाख २६ हजार ७५८ रहेको छ । 
यस्तै संक्रमण हुनेको संख्या पनि साढे २० लाख नाघेको छ । अहिलेसम्म विश्वभर २० लाख २४३ जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये ४ लाख ८४ हजार ७४७ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले १३ लाख ८८ हजार ७३९ मा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ६ लाख ११ हजार ५०५ जनाको अवस्था भने गम्भीर रहेको छ ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका, इटाली, स्पेन, फ्रान्स पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या २६ हजार नाघेको छ यस्तै इटालीमा मृत्यु हुनेको संख्या २१ हजार नाघेको छ भने स्पेनमा १८ हजार नाघेको छ । फ्रान्समा मृत्यु हुनेको संख्या १६ हजार नजिक छ  भने बेलायतमा १२ हजार नाघेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी