- अर्थ सरोकार सम्बाददाता
कैलाली – सुदूरपश्चिममा ३३० जनाको स्वाव रिपोर्ट नेगेटिभआएको छ । सुदूरपश्चिम प्रदेशका नौ वटै १२ वटा क्वारेन्टाइनमा रहेका ३३० जनामा गरिएको कोभिड–१९ को परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ सम्पर्क व्यक्ति सुर्यबहादुर विष्टका अनुसार गत चैत्र २६ गते सरकारले जिल्लाका ६ स्थानबाट क्वारेन्टाइनमा बसेका ३०५ र अन्य २५ गरी जम्मा ३३० जनाको स्वाव सङ्कलन गरेर लगेका मध्ये सबैको स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । दिपायल सिलगढी नगरपालिका वडा नं ४ राजपुरबाट ५० जना, शिखर नगरपालिका बन्लेकबाट २४ जना, धुर्कोटबाट ५० जना, बडीकेदार गाउँपालिका वडा नं विपीनगरबाट ४५ जना, आदर्श गाउँपालिका मौवानगरदहबाट ७५ जना र बोगटान फुड्सिल गाउँपालिका चवाराचौताराबाट ७६ जनाको स्वाव सङकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला काठमाडौँ पठाइएको थियो । परीक्षण गर्दा सबै जनाको नतिजा नेगेटिभ आएको छ । नतिजा नेगेटिभ आएपछि सबैलाई घर पठाइएको छ ।
कोरोना भाइरसको उच्च जोखिममा रहेको सुदूरपश्चिममा अहिले संक्रमितको ५ पुगेको छ । संक्रमित सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।