×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मजदूर भोक भोकै बस्नु पर्दैन, लकडाउनको पालना गर्नुहोस्’ : भरतपुर महानगरपालिका

LAXMI SUNRISE BANK

‘मजदूर भोक भोकै बस्नु पर्दैन, लकडाउनको पालना गर्नुहोस्’ : भरतपुर महानगरपालिका

२ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
भरतपुर – भरतपुर महानगरपालिकाले मजदूरहरुलाई लकडाउनका बेला घर नजान आग्रह गरेको छ । महानगरपालिकाले कुनै पनि मजदुर भोकै बस्नु नपर्ने भन्दै यस्तो आग्रह गरेको हो । मजदूरलाई खानका लागि राहतको व्यवस्था गरेको जनाउँदै महानगरपालिकाले जहाँको त्यही बसेर लकडाउनको पालना गर्न आग्रह समेत गरेको छ । 
पहिलो चरणमा १२ हजार ८ सय ३६ परिवारलाई राहत वितरण गरिसकेको र राहतको अवश्यकता भएका ज्याला मजदूरी गरेर बस्नेलाई राहत प्रदान गर्दै जाने महानगपरपालिका प्रमुख रेनु दाहालले बताइन् । भरतपुर महानगरपालिकाले पहिलो चरणमा १ हजार २ सय १७ कुइन्टल चामल, १ सय १९ कुइन्टल दाल, ४ हजार २ सय ५१ लिटर तेल, १ हजार ३ सय ७५ किलो नुन, ३ हजार २ सय ५६ गोटा साबन, २ हजार ४ सय १५ क्रेट अण्डा, १५ कुईन्टल आलु र चना, २ हजार ३६ प्याकेट भुजा वितरण गरेको जनाएको छ । सङकटको घडिमा सबैको साथ र सहयोगको अपेक्षा गर्दै उहाँले अत्यावश्यक भएका परिवारले मात्र राहत लिइदिन आग्रह गर्नु भएको छ ।
उद्योग, कलकारखाना, व्यवसायीक प्रतिष्ठान जहाँ रहेका छन् ती ठाउँहरुमा काम गर्नेहरुलाई सम्बन्धित कम्पनीहरुले समेत खानाको व्यवस्था गरिरहेका छन् । असंगठित ठाउँमा काम गर्ने मजदूर समस्यामा परेका हुन । उनीहरुलाई महानगरले राहत दिएको छ । सातै काठमाण्डौँसहित विभिन्न शहरबाट भरतपुर महानगरहुँदै आ–आफ्नो गन्तव्य हिडेकाहरुलाई खानाको व्यवस्था समेत गरिएको छ । 
नेपाली युवा उद्यमी मञ्चले नारायणगढ र स्थानीयले रामनगरमा पैदल यात्रु र खान नपाएकाहरुलाई स्थानीय तहसंग सहकार्य गरेर दिनहुँ खानाको प्रबन्ध मिलाउँदै आएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी